महालक्ष्मी विकास बैंकद्वारा स्कुललाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले बुद्घनगर–१०स्थित बुद्घनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ।

उक्त विद्यालयमा अध्ययनरत छात्रा महिनावारीको समयमा पनि निर्धक्क विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् तथा विभिन्न रोगबाट बच्न स्यानिटरी प्याड प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शंखमुल शाखाका शाखा प्रबन्धक पुण्य श्रेष्ठले बताए।

सोही कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्रामा विद्यालय आउने थप हौसला मिलेको बताउँदै बैंकलाई धन्यवाद दिए।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम अझै प्रभावकारी रुपमा सञ्चालन गरिने बैंकले जनाएको छ।

यस बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी १०३ वटा शाखामार्फत करिब ६ लाख गहकलाई उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

कोभिड ̵ १९ को जोखमिलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरूलाई पनि सुरक्षित राख्न बैंकले हार्दिक अपिलसमेत गरेको छ ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्