६ महिनामा वीरगञ्ज नाकाबाट झण्डै २३ करोडको कुकुर–बिरालोको खाना निर्यात

वीरगञ्ज– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाकाबाट कुकुर/बिरालोको खानाको निर्यातमा बृद्धि भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्ममा वीरगञ्ज भन्सार नाका भएर २२ करोड ९२ लाख ४ हजार रुपैयाँ बराबरको कुकुर/बिरालोको खाना निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

६ महिनाको अवधिमा नेपालबाट कुल १ लाख ५४ हजार १४१ किलो कुकुर/बिरालाको खाना निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।गत आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा भने ७ करोड ९० लाख रुपैयाँ बराबरको जम्मा ६० हजार किलो कुकुर/बिरालोको खाना वीरगञ्ज नाका भएर निर्यात भएको थियो।

यस्तै वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमासको प्रशोधित तेल, सूर्यमूखी, प्रशोधित पाम तेल, फलफूलको जुस, जमोठ कपडासहित २० वटा बस्तुहरु मुख्य रुपमा निर्यात भएका छन्। कुकुर/बिरालोको खाना निर्यात हुने बस्तुहरुको सूचीमा १५ औँ स्थानमा रहेको छ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्