हाइडेलबर्ग विश्वविद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा केही घाइते, बन्दुकधारीको निधन

बर्लिन- जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयको लेक्चर हलमा एक बन्दुकधारीले सोमबार दिउँसो अन्धाधुन्ध गोली चलाउँदा केही मानिसहरु घाइते भएका छन्।

प्रहरीलाई उद्धृत गर्दै एपीले जनाएअनुसार बन्दुकधारीको भने मृत्यु भएको छ। यद्यपि उसको मृत्यु कसरी भयो भन्ने खुलिसकेको छैन।

घटनामा कति जना घाइते भए भन्नेबारे पनि प्रहरीले खुलाएको छैन।

विश्वविद्यालयले पनि घटनाबारे बताउन अस्वीकार गरेको छ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्