चीनमा उपचार गराएर चार्टर्ड फ्लाइटमा स्वदेश फर्किए माओवादी नेता वर्षमान पुन

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वदेश फर्किएका छन्।

उपचारका लागि चीनमा रहेका नेता पुन सोमबार साँझ चार्टर्ड विमानमार्फत नेपाल फर्किएका हुन्। पुनसँगै उनकी पत्नी पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती पनि फर्किएकी छन्।

सुरुमा उनलाई उपचारका लागि थाइल्याण्ड लगिएको थियो। थाइल्याण्डमा उनको स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि चीन लगिएको थियो।

नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो। जण्डिसका बिरामी पुन गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो।

विमानस्थलमा उनलाई स्वागत गर्न माओवादी नेता नारायणकाजी श्रेष्ठसमेत पुगेका थिए।

 

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्