प्रदेश १ मा १२८३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना संक्रमणबाट गत २४ घण्टामा ३ जनाको मृत्यु भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार झापा, इलाम र प्रदेश १ बाहिरबाट गरि २ पुरुष र १ महिलाको मृत्यु भएको हो। यससंगै प्रदेशमा हालसम्म २ हजार २ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।

त्यसैगरी, प्रदेशमा गत २४ घण्टामा १ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ४ सय ९२ जनाको पीसीआरका क्रममा ८ सय ४६ र ९ सय ८२ जनाको एन्टिजेन परीक्षणमा ४ सय ३७ जनामा संक्रमण भएको पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ३ सय ६७, सुनसरीमा २ सय ४२, झापामा १ सय ६८, धनकुटामा ७, उदयपुरमा ६, इलाममा ४, खोटाङमा ३, ताप्लेजुङ, ते¥हथुम, संखुवासभा र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगर महानगरपालिकामा २ सय ७६ जनामा संक्रमण भएको छ।

त्यसैगरि, बेलबारीमा ३६, सुन्दरहरैचामा १४, बुढीगंगामा १०, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेकामा समान ५, ग्रामथान र पथरीशनिश्चरेमा समान ४, कानेपोखरीमा ३, रतुवामाईमा २, धनपालथान, जहदा र रंगेलीमा समान १ जनामा संक्रमण भएको छ। सुनसरीको धरानमा १ सय २१, इटहरीमा ७६, रामधुनीमा ९, इनरुवा र बराहक्षेत्रमा समान ७, दुहवी, हरिनगर र स्थानीय तह नखुलेकामा समान ४, गढीमा ३, भोक्राहानरसिंह, बर्जु र कोशी गाउँपालिकामा समान २, देवानगञ्जमा १ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ।

झापाको दमकमा ३७, विर्तामोडमा ३१, भद्रपुरमा २४, कनकाईमा २०, मेचीनगरमा १७, शिवसताक्षीमा १५, अर्जुनधारामा ६, गौरादह , हल्दिबारी र स्थानीय तह नखुलेकामा समान ४, कचनकवल र बुद्धशान्तिमा समान २, गौरीगञ्ज र झापा गाउँपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र महालक्ष्मीमा समान १, उदयपुरको त्रियुगामा ४, बेलका र उदयपुरगढीमा समान १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचुलीमा समान १, खोटाङको खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी र स्थानीय तह नखुलेकामा समान १, ताप्लेजुङ, ते¥हथुमको म्याङलुङ, संखुवासभाको मादी र भोजपुरको भोजपुर नगरपालिकामा समान १ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि, प्रदेशमा सोमबार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यसरी संक्रमणमुक्त हुनेमा १ सय ७ महिला र १ सय ३६ पुरुष रहेकाछन्। मन्त्रालयले हाल सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ५४ छ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्