चार महिनामै बर्खास्त भए वाट्फोर्डका प्रशिक्षक रानिएरी

इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले प्रशिक्षक क्लाउडिओ रानिएरीलाई बर्खास्त गरेको छ।

नियुक्त भएको चार महिना नबित्दै वाट्फोर्डले रानिएरीलाई बर्खास्त गरेको हो। उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्यो ।

७० वर्षका इटालियन रानिएरीलाई गएको अक्टोबर ४ मा प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रिमियर लिगमा उनको प्रशिक्षणमा खेलेका १३ खेलबाट वाट्फोर्डले मात्रै सात अंक जोड्न सक्यो ।

गएको शुक्रबार वाट्फोर्ड घरेलु मैदानमा नर्विच सिटीसँग ३–० ले पराजित भएको थियो । लिगका १८ खेल बाँकी हुँदा वाट्फोर्ड लिगको पुछारका तीन टिममा छ ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्