मारिओ बालाटोली सन् २०१८ पछि पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा

मारिओ बालाटोली सन् २०१८ पछि पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा परेका छन्। युरोपियन च्याम्पियन इटालीले विश्वकप छनौटको प्लेअफ सेमिफाइनलको तयारीका लागि टोली घोषणा गरेको हो ।

३१ वर्षका बालाटोली राष्ट्रिय टिममा अटाएका हुन् । म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व खेलाडी बालाटोलीले पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि खेलेका थिए ।

टोलीमा अटाएका ३५ खेलाडीमा उनी पनि परेका हुन् । इटालीले आउँदो मार्च २४ मा विश्वकप छनौटको प्लेअफ सेमिफाइनलमा उत्तरी मेसेडोनियासँग प्रतिस्पर्धा गर्ने छ ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्