टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सुरु हुँदै

काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारदेखि पुनः सञ्चालन हुँदैछ ।

अस्पतालका निर्देशक डा. मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्न लागिएको बताए ।

उनका अनुसार मंगलबार बिहान १० बजेदेखि खोप अभियान सुरु हुनेछ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो ।

अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्