बदली देशभर, पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

देशको पहाडी भुभागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले जनाएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

यसैबीच पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्