जन्ती जान लागेको रथले च्यापिएर बारामा दुईजनाको मृत्यु, १४ जना घाइते

सांकेतिक तस्बिर।

वीरगञ्ज – जन्ती जान लागेको रथले च्यापिएर सोमबार बारामा दुईजनाको मृत्यु भएको छ । रथले च्यापिएर बाराको आदर्श कोतवाल गाउँपालिका–३ मा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय १६ वर्षकी निलम कुमारी राम र आफन्तको बिहेमा आएकी सिम्रौनगढ नगरपालिका निवासी २५ वर्षकी बालकुमारी राम रहेका छन् । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

बतरा निवासी श्रीराम महरा चमारको बिहेमा जन्ति लिएर जान लागेको रथको स्टेरिङ फेल भइ जन्तीमा सहभागी भएका व्यक्तिहरुमाथि पल्टिदा रथले च्यापिएर दुवैजनाको घटनास्थलमा नै ज्यान गएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्