बीरगन्ज – बीरगन्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। बाराको कोलहवी नगरपालिका – ३ बस्ने ६० वर्षका पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

उनको उपचारको क्रममा बिहान पौने पाँच बजे मृत्यु भएको हो। सोमबार अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। कोरोनाको तेस्रो लहर शुरु भएपछि बीरगन्जमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

 

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्