कसले हान्यो ११ वर्षीय बालकलाई चक्कु?

सांकेतिक तस्बिर

नेपालगञ्ज – बाँकेको खजुरामा ११ वर्षका बालकलाई चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका–५, उढरापुरमा ११ वर्षीय बालक ध्रुव काँदुलाई चक्कु प्रहार भएको हो । कानको तल चक्कु प्रहार गरिएका बालक बेहोस भएका छन् ।

सोमबार राति ८ बजेतिर बुवा भएको ठाउँमा पुगेर घर फर्किने क्रममा बालकलाई चक्कु प्रहार भएको थियो । धु्रवका बुवा कुखुराको फार्ममा राति बस्ने गर्दथे । बालक बुवा भएको ठाउँमा पुगेर घर फर्किएका बेलामा चक्कु प्रहार भएको देखिएको छ ।

घरका मानिसले बुवा भएको ठाउँमा होला र बुवाले घर गयो होला भनेर बालकको खोजी गरेका थिएनन् । स्थानीय मानिस बिहान खेतमा परालको कुन्यू (टौवा) भएको ठाउँतिर पुग्दा बालक बेहोस अवस्थामा भेटिएका थिए ।

त्यसपछि उनलाई नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका लागि ल्याइएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेको टोली घटनास्थलमा पुगेको छ । बालकलाई चक्कु प्रहार गर्नेको खोजी भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्