नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके कोहलपुर नगरपालिका वडा नं‍. २ का ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

माघ ८ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई ९ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ बजेर ५० बजे मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४६ पुगेको छ ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्