प्रदेश १ मा १०१६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलाको मृत्यु भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ४ सय ९२ जनाको पीसीआर परीक्षणबाट ६ सय ९० र ९ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ३ सय २, सुनसरीमा २ सय ७, झापामा १ सय २८, धनकुटामा ८, तेहृथुममा ७, इलाममा ४, उदयपुरमा ३, संखुवासभामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको हो।

मोरङको विराटनगर महानगरपालिकामा २ सय ४५ जनामा संक्रमण भएको छ। त्यसैगरी, सुन्दरहरैचामा १७, बेलबारीमा ८, बुढीगंगा र उर्लाबारीमा समान ५, कटहरी र स्थानीय तह नखुलेकामा समान ४, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रंगेलीमा समान २, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानमा समान १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। सुनसरीको धरानमा १ सय १३, इटहरीमा ५२, इनरुवामा ९, दुहवीमा ७, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज र गढीमा समान ३, बर्जु, बराहक्षेत्र र कोशी गाउँपालिकामा समान २ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण भएको छ।

झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा ८, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेकामा समान ३, बाह्रदशी, कचनकवल र झापा गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयका अनुसार पहाडीक्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेकामा समान १, तेहृथुमको म्याङलुङमा ५, लालीगुराँस र स्थानीय तह नखुलेकामा समान १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा समान १, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेकामा समान १, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेकामा समान १, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको छ ।

त्यसैगरी, मंगलबार ३ सय २२ जना कोरोना संक्रमणमुक्त भएकाछन्। यसरी संक्रमणमुक्त हुनेमा १ सय ५२ महिला र १ सय ७० पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ८ सय २१ रहेको छ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्