भाटा लिएर मतदान स्थल पुगेका सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप

जनकपुरधाम – जनकरपुर धाममा प्रहरी र सिके राउतको जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ।

मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि मतदान स्थल तोकिएको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, जनकपुरधाम भित्र कार्यकर्ता छिर्न खोज्दा झडप भएको हो ।

कार्यकर्ताहरु हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए। झडप भएको क्षेत्र प्रहरी कार्यालय नजिक रहेको छ।

प्रहरीले अहिले भिडलाई तितर बितर पारेको छ। झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रहरीले अहिले आन्दोलनकारीलाई लखेटी लखेटी कुटिरहेको छ। झडपमा दर्जनाैँ राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

 

 

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्