उच्च अदालत, विराटनगरमा ८ जना न्यायाधीशसहित १६ जनामा कोरोना संक्रमण

विराटनगर – उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठसहित १६ जनामा कोरोना संक्रमण भएको छ।

अदालतका प्रवक्ता ओमराज सुवेदीका अनुसार गएको एक हप्तामा अदालतमा कार्यरत १६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको हो।

प्रवक्ता सुवेदीले अदालतका मुख्य न्यायाधीश श्रेष्ठसहित अन्य ७ जना न्यायाधीशमा समेत संक्रमण पुष्टि भएको जानकारी दिए।

कोरोना संक्रमणका कारण हाल अदालतको ८० प्रतिशत काम प्रभावित भएको छ। प्रवक्ता सुवेदीका अनुसार कोरोनाका कारण १८ गतेसम्म बन्दी प्रत्यक्षीकरण, कोभिड १९ सम्बन्धी रिट, निवेदन हेर्ने तथा सुनुवाई गरिनेछ। त्यसबाहेकका अन्य कामकार्वाही भने तत्कालका लागि स्थगित गरिएको उनले बताए।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्