महिलाको जनसंख्या २.०८ प्रतिशत बढ्यो

काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा महिलाको जनसंख्या बढेको छ। महिलाको जनसंख्या २.०८ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

तथ्या‌क अनुसार कुल जनसंख्यामा १,४२,९१,३११ जना पुरुष (४८.९६%) र १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेका छन् । दश वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २,६४,९४,५०४ जना भएकाेमा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र ५१.५% थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ रहेको छ जुन गत जनगणनामा ९४.१६ प्रतिशत थियो ।

२०७८ सालमा नेपालको कुल जनसंख्या २,९१,९२,४८० पुगेको छ, जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ ले बढी हो । दश वर्षमा नेपालको जनसंख्या १०.१८ % ले बढेको हो । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३% देखिन्छ । जुन अघिल्लो जनगणनामा १.३५% प्रतिशत थियो ।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्