रुपन्देहीको सैनामैनामा एकजनाको शव फेला

सांकेतिक तस्बिर

बुटवल – रुपन्देहीको सैनामैनामा एकजनाको शव फेला परेको छ । सैनामैना–१, रानीकुवा बस्ने अन्दाजी ४३ वर्षीय दिलबहादुर विक खेतमा मृत फेला परेका प्रहरीले जनाएको छ।

उनी मंगलबार साँझ ७ बजेतिर घर बाहिर घुम्न निस्केका थिए। उनको आँखा फुटेको र टाउकोमा चोटपटक देखिएकोले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जनाए।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्