डा. प्रकाश पौडेलले लेखेको गीतमा उदित नारायणको स्वर

काठमाडौँ– गीतकार डा.प्रकाश पौडेलको गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ। गीतमा वरिष्ठ गायक उदित नारायण झाको स्वर रहेको छ।

लाटोकोसेरो फिल्मको निर्माणमा बनेको यो गीतको संगीत राज सागरले गरेका छन्। गीतको एरेञ्ज राजन इशानले गरेका हुन् भने कृष्ण महर्जनले मिक्स गरेका हुन्।

यो गीतलाई काठमाडौँको स्टुडियो ५१५० र मुम्बईको कैलाशा स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोमा नायक आर्यन सिग्देल र नायिका वर्षा राउत देखिएका छन्। यो गीतको भिडियो राजन इशान र विजेशले गरेका हुन्।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्