बागमती प्रदेशमा गठबन्धनका दुवै उम्मेद्वार विजयी

हेटौँडा – बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले जित हासिल गरेको छ।

बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावमा महिलातर्फ गठबन्धनबाट उम्मेद्वार बनेकी समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।

प्रतिस्पर्धी एमालेले महिलामा निरकुमारी कुँवर र अन्यमा गोपाल शाक्यलाई उम्मेद्वार बनाएको थियो।

निर्वाचन आयोगका अनुसार तिमल्सिनाले स्थानीय तहतर्फ ११६ पालिका प्रमुख तथा उपप्रमुख र प्रदेशतर्फ ५७ सांसदको मतसहित ४८२४ मतभार प्राप्त गरेकी छिन्।

त्यस्तै पौडेलले स्थानीय तहतर्फ ११७ पदाधिकारी र ५६ जना प्रदेश सांसदको गरी ४७९४ मतभार प्राप्त गरेका छन्।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्