सनराइज बैंकद्वारा धनकुटामा काउन्टर सेवा सञ्चालन

काठमाडौँ – सन्राइज बैंक लिमिटेडले धनकुटा जिल्लास्थित ५ नम्बर वडामा काउन्टर सेवा सञ्चालन गरेको छ। काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ।

उक्त सेवाको उद्घाटन सन्राइज बैंकका प्रदेश १ का प्रमुख विवेककुमार निरौला तथा सन्राइज बैंक धनकुटा शाखाका शाखाप्रबन्धक दिनेश शर्मा अधिकारीलगायतले संयुक्त रूपमा गरेका थिए।

उक्त कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापालगायत सहभागी थिए।

सन्राइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा विस्तारित काउन्टर र १५८ वटा एटीएममार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

 

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्