कर्णालीबाट गठबन्धनका उम्मेद्वार विजयी

सुर्खेत – राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट पाँच दलीय गठबन्धनका उम्मेद्वार विजयी भएका छन्।
बुधबार भएको मतदानमा वाम लोकतान्त्रिक गठबन्धनका विभिन्न कलष्टरका उम्मेदवारहरु विजयी भएका हुन्।
जसमा माआवादी केन्द्रबाट उम्मेद्वार बनेका नरबहादुर विष्ट, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका दुगौ गुरुङ र समाजवादीको तर्फबा उम्मेद्वार बनेका उदयबहादुर बोहरा निर्वाचित भएका छन्।