मधेस प्रदेशमा महिलातर्फ उर्मिला अर्याल विजयी

जनकपुरधाम- राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनमा मधेस प्रदेशमा महिलातर्फ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन्।

उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेकी हुन्।

अहिलेसम्म प्राप्त परिणामध्ये प्रदेश १ को अल्पसंख्यक कोटाबाट सोनाम ग्याल्जेन शेर्पा एकजना एमालेबाट विजयी भएका छन् भने बाँकी सबै स्थानमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

 

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्