प्रदेश १ मा १४०७ मा कोरोना संक्रमण, ३ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा १ हजार ४ सय ७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
विराटनगरस्थित मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय ४३ जनाको पीसीआर परीक्षणमा ६ सय ३९ र १ हजार ५ सय ६२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा २ सय ९९, झापामा १ सय ५६, सुनसरीमा १ सय २०, धनकुटामा ११, उदयपुर र इलाममा समान ६, तेहृथुममा ३, पाँचथरमा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगर महानगरपालिकामा सर्वाधिक २ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बेलबारीमा २०, सुन्दरहरैचामा ८, कटहरीमा ७, बुढीगंगा र रंगेलीमा समान ६, उर्लाबारीमा ४, ग्रामथान र पथरीशनिश्चरेमा समान ३, रतुवामाई र सुनबर्षीमा समान २, कानेपोखरी, लेटाङ, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ। झापाको विर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, कनकाई र अर्जुनधारामा समान १४, मेचीनगरमा १२, गौरादहमा ५, हल्दिबारी, बुद्धशान्ति र शिवसताक्षीमा समान ४, गौरीगञ्ज र कमल गाउँपालिकामा समान ३, बाहृदशीमा २, कचनकवल, झापा गाउँपालिका र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण भएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ५९, इटहरीमा ४२, रामधुनी र स्थानीय तह नखुलेकामा सामन ४, इनरुवामा ३, भोक्राहानरसिंह र बराहक्षेत्रमा समान २, दुहवी, हरिनगर, बर्जु र कोशी गाउपलिकामा समान १ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पहाडीक्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा ११, उदयपुरको त्रियुगामा ४, चौदण्डी र बेलकामा समान १, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २ र स्थानीय तह नखुलेका १, तेहृथुमको म्याङलुङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेकामा समान १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको जनाएको छ।

त्यसैगरी, प्रदेशमा बुधबार २ सय ७२ जना कोरोना संक्रमणमुक्त भएकाछन् । मन्त्रालयले यसरी संक्रमणमुक्त हुनेमा १ सय २३ महिला र १ सय ४९ पुरुष रहेको उल्लेख गरेको छ। यससंगै गएको २४ घण्टामा कोरोना संक्रमणबाट ३ पुरुषको मृत्यु भएको छ। यससंगै हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ८५ छ।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्