सामूहिक बलात्कारका ९ आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटना नौ जना आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका तीन गेष्टहाउस सञ्चालकलाई जनही तीन–तीन लाख रुपैयाा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्