चितवन राष्ट्रिय निकुञ्जमा जुधेर गैँडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा एक सिंगे गैँडा । तस्बिर : टंक ढकाल/देश सञ्चार (फाइल तस्बिर)

चितवन – चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६–१७ वर्षको भाले गैँडा मरेको हो । अर्काे गैँडासँग जुध्दा लखेटिएर भिरबाट खसेर खोलाको बगरमा गैँडा पुगेको थियो ।

गैँडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । योसँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैँडा मरेका छन्, जसमध्ये दुई चोरी सिकारी, दुई मानवीय त्रुटि र १९ प्राकृतिक कारणले मरेका हुन् ।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्