फाइल तस्बिर

काठमाडौँ – देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले आंशिक बदली भएको हो । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका क्षेत्रमा हुस्सु कुहिरो लागि रहेको छ।

बिहीबार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

यस्तै राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छन् । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

यसैबीच प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्