शिक्षकले ‘निकम्मा’ को ट्याग लगाउँदा कपिल शर्माका साथी हाँस्थे

कपिल शर्माले हालै एक अन्तर्वार्तामा कलेजको समयमा ‘केमेडी’ गर्दा शिक्षकले ‘निकम्मा’ को उपनाम दिएको बताएका छन्।

कार्यक्रम प्रस्तोताले कपिललाई ‘स्ट्याण्डअप कमेडि’ कहिलेबाट सुरु गरेको भन्ने प्रश्नमा कपिलले उत्तर दिए, ‘कलेजमा भएको युथ फेस्टिभलमा मैले हिस्ट्रीयानिक्स (हाँस्य व्यंग्यको एक विधा) गरेको थिए। म पञ्च हानिरहेको थिए, दर्शक हाँसिरहेका थिए, त्यही बेलामा मलाई मेरो शिक्षकले भने, ‘यो केटा सारै निकम्मा छ, यसको केही हुनेवाला छैन।’ तर जब म दर्शकको प्रतिक्रिया देख्थे, मलाई यसमा केही त छ भन्ने लाग्थ्यो। त्यसपछि लाग्थ्यो, जो मेरो अगाडि बसेका छन्, उनीहरु नै निकम्मा हुन्।’

कपिल शर्माको कमेडी शो ‘कपिल शर्मा – आइ एम नट डन एट’ नेटफ्लिक्समा प्रदर्शनको तयारीमा रहेको छ।

यो कार्यक्रममा उनले आफैले आफ्नो मजाक बनाएका छन्। नेटफ्लिक्समा यो कार्यक्रम २८ जनवरीमा प्रदर्शन हुने जनाइएको छ।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्