अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ सेमिफाइनलमा

रुसी खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । फेलिक्स अगर–अलियासिमेलाई पराजित गरेर मेडभेडेभ अन्तिम चार पुगेका हुन् ।

दोस्रो बरियताका मेडभेटेडले उनलार्य ६–७ (४–७), ३–६, ७–६ (७–२), ७–५ र ६–४ सेटमा पराजित गरेका हुन् ।

मेडभेडेभले सेमिफाइनलमा ग्रीसका स्टेफानोस टित्सिपाससँग प्रतिस्पर्धा गर्ने छन्। चौथो बरियताका टित्सिपासले जानिक सिनरलाई पराजित गरेर अन्तिम चारमा पुगेका हुन् ।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्