कोरोनाबाट भेरी अस्पतालमा ६० वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ४० जना पुगेको छ। पछिल्लो केही दिनयता बाँकेमा दैनिक एकजना बढीको कोरोनाबाट मृत्यु भइरहेको छ ।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्