सेतीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी – कैलालीको गोदावरी नगरपालिकाका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नं ५ घर भएका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यही माघ ११ गते कोरोना पुष्टि भएका उनको सेती अस्पतालको आईसियूमा उपचार भैरहेको थियो । उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।