बारामा कारको ठक्कबरबाट मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु

वीरगञ्ज – भारतीय नम्बर प्लेटको कारको ठक्करबाट बारामा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार राति साढे ८ बजेतिर बी आर ०५ ए आर ५१५१ नम्बरको कारले ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दाजुभाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका–२५ सिसहनिया चोकमा भएको दुर्घटनामा कलैया उपमहानगरपालिका–५ निवासी सितल साह र नरेश साहको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको तीव्र गतिको कारले मोटरसाइकललाई ठक्कर दिएको हो । कारमा सवार तीनजनालाई नियन्त्रणमा लिईएका घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्