सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो

सप्तरी – सप्तरी जिल्लाको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ।

केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा  घर संख्या १ लाख २४ हजार ३ सय २४ रहेको उल्लेख छ।

जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय ९१ रहेको छ   जिल्लामा पुरुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ र महिलाको संख्या ३ लाख ५४ हजार १ सय ८३ रहेको तथ्यांकले देखाएको छ।

सप्तरीका १८ स्थानीय तह मध्ये सबैभन्दा बढी जनसंख्या सप्तरी सदरमुकाम राजविराजमा नगरपालिकामा रहेको उल्लेख छ।

राजविराजको कुल जनसंख्या ७१ हजार ९ सय ४६ उल्लेख छ। जसमा परिवार संख्या १५ हजार १ यस २१  रहेको छ। महिला ३६ हजार ९ सय ४२ र पुरुषको संख्या ३५ हजार ४ रहेको देखाइको छ।

यसैगरी जनसंख्याको आधारमा कञ्चनरूप नगरपालिका दोस्रो रहेको छ। ५८ हजार ८ सय ८२ जनसंख्या कंचनरूप नगरपालिकामा रहेको उल्लेख छ।

परिवार संख्या १२ हजार ६ यस ६२ रहेको छ। महिला २८ हजार ९ सय ४९ र पुरुषको संख्या २९ हजार ९ यस ३३ रहेको  छ। यस्तै खड्क नगरपालिका जिल्लाको तेस्रो बढी जनसंख्या रहेको नगरपालिका कायम भएको छ। यो नगरपालिकाको जनसंख्या ५४ हजार १ सय ९३ छ।

 

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्