विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीमा अब क्युआर कोड प्रविधिबाट भाडा भुक्तानी

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीमा क्युआर कोड प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवद्र्धन केन्द्र प्रालिसँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्युआर कोड हस्तान्तरण गरी यो सेवा शुभारम्भ गरेकी हुन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनालगायत सहभागी थिए। यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने बैंकले विश्वास लिएको छ।

एयरपोर्ट ट्याक्सी प्रवद्र्धन केन्द्रसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटलाइज गर्ने तथा यात्रुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पु¥याउने उद्देश्यले ट्याक्सीमा क्युआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर, देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले बताए।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्