भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

एस जयशंकर।

काठमाडौँ –  भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ। जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै  जानकारी दिएका हुन्।

उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ।

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ।

 

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्