प्रदेश १ मा ८०९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार ७४ जनाको पीसीआर परीक्षणमा ४ सय ८५ र ७ सय ५६ जनाको एन्टिजेन परीक्षणमा ३ सय २४ जनामा कोरोना संक्रमण भएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १ सय ८६, सुनसरीमा १ सय ३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र भोजपुरमा समान २, ताप्लेजुङ र उदयपुरमा समान १ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको हो।

मोरङको विराटनगरमा १ सय ३८, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ६, कटहरी र उर्लाबारीमा समान ५, बूढीगंगा र स्थानीय तह नखुलेकामा समान ४, बेलबारी, कानेपोखरी, रतुवामाई, जहदा र रंगेलीमा समान २, ग्रामथान, मिक्लाजुङ, लेटाङ र केराबारीमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ। मन्त्रालयले सुनसरीको धरानमा ६२, इटहरीमा ५१, बर्जु, बराहक्षेत्र, रामधुनी र गढीमा समान ४, देवानगञ्ज र हरिनगरमा समान २, भोक्राहानरसिंह, इनरुवा र कोशी गाउँपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, झापाको विर्तामोडमा १७, भद्रपुरमा १२, अर्जुनधारा र दमकमा समान ९, मेचीनगर र कनकाईमा समान ७, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, हल्दिबारी, शिवसताक्षी र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण भएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, चुलाचुली र सूर्योदयमा समान १, संखुवासभाको धर्मदेवी र खाँदबारीमा समान १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, ताप्लेजुङ र उदयपुरको त्रियुगामा समान १ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको छ।

त्यसैगरी, प्रदेशमा बिहीबार ३ सय ४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुनेमा १ सय २५ महिला र १ सय ७९ पुरुष छन्।

यससँगै गत २४ घण्टामा प्रदेशमा २ जना पुरुषको संक्रमणबाट मृत्यु भएको छ। त्यसैगरी, प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ६४ छ।

 

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्