विराटगर जाँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा २५ जना घाइते

सांकेतिक तस्बिर

जनकपुरधाम – सर्लाहीमा बस उँखु लोड गरेको ट्रयाक्टरमा ठोक्किँदा २५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान करिब सावा ४ बजे सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ सुखेपोखरी स्थित पूर्व पश्चिम राजमार्गमा भैरहवाबाट विराटनगर तर्फ जाँदै गरेको नाइट बस ठोक्किँदा ३९ जना सवार मध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ज २ त ७८१ नम्बरको ट्रयाक्टर बिग्रेपछि बाटोको साईडमा रोकिएको अवस्थामा लु २ ख ४७५७ नम्बरका ठोक्किएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

घाइते मध्ये एकजनाको अवस्था गम्भीर र ९ जनाको मध्यम छ । बाँकीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएका छन् ।

घाइते भएकामध्ये ७ जनालाई वीरगंज र भरतपुर रिफर गरिएको तथा बाँकी सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक भने सामान्य घाइते रहेकाले उपचार पश्चात प्रहरीको नियन्त्रणमा छन् ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्