भारतमा २४ घण्टामा थपिए दुई लाख ५१ हजार संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५१ हजार २०९ जना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बिहीबार कोभिड–१९ का कारण भारतमा ६२७ जनाको ज्यान गएको छ ।

भारतमा हालसम्म चार करोड चार लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार भन्दा धेरैको ज्यान गएको छ । अहिले भारतमा कोरोना संक्रमण दर १५.८८ प्रतिशत रहेको छ ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्