मोनि रोयको विवाहको ‘लुक’ दीपिकासँग प्रभावित ?

भारतकी चर्चित नायिका मोनि रोयले आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गरिन्। मोनी र सुरजले मलयाली र बंगाली चलन अनुसार विवाह गरेका हुन्।

दुलहीको पहिरनमा मोनी असाध्यै सुन्दर देखिएकी थिइन्। मोनीले रातो रंगको असाध्यै सुन्दर लेहेंगा लगाएकी थिइन्, जसमा सुनौलो बुट्टा भरिएको थियो। उनको यो पहिरनमा विशेषगरी उनको घुम्टी हाइलाइटमा आयो।

उनको यो घुम्टो भारतकी स्टार कलाकार दीपिका पादुकोणसँग प्रेरित भएको भान हुन्छ। यो भन्दा अगाडि यस्तै घुम्टो पत्रलेखाले पनि पहिरिएकी थिइन्।

मोनिको घुम्टोमा ‘आयुष्मति भव’ पनि लेखिएको छ। दीपिकाको घुम्टोमा ‘सदा सौभाग्यवती भव’ लेखिएको थियो। पत्रलेखाको घुम्टोमा भने बंगालीमा केही सन्देश लेखिएको थियो।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्