राफायल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा

राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा इटालीयन खेलाडी मातेओ बेरितिनीलाई पराजित गरेर स्पेनिस नाडालले फाइनलमा स्थान पक्का गरेका हुन् ।

नाडाल २१ औँ ग्राण्डसलाम उपाधिबाट मात्रै एक जित पर छन्।

सातौँ बरियताका बेरितिनीलाई नाडालले ६–३, ६–२, ३–६ र ६–३ सेटमा पराजित गरेका हुन्। ३५ वर्षका नाडालले अहिलेसम्म २० ग्राण्डसलाम उपाधि जितेका छन् । उनी समान नोभाक जोकोविच र रोजर फेडेररले पनि २० ग्राण्डसलाम उपाधि जितेका छन् ।

नाडालले आइतबार हुने फाइनलमा डानिल मेडभेडेभ वा स्टेफानोसा टित्सिपासको सामना गर्ने छन्।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्