बैंकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ – फरक–फरक समयमा बैकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाजुरा बूढीनन्दा नगरपालिका–१ घर भई काडमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ४४ वर्षीय विष्णुबहादुर कार्की रहेको प्रहरीले जनाएको छ।

उनीमाथि उच्च अदालत पाटनले ०७७ साल माघ ६ गते बैकिङ कसुर मुद्दामा ७ दिन कैद र २७ लाख जरिवानासहित पक्राउ पुर्जी जारी गरेको थियो।
त्यस्तै, जिल्ला अदालत काठमाडौंले ०६० साल पुस १० गते वैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैद र २ लाख ५० हजार जरिवाना, बैकिङ कसुर मुद्दामा १ वर्ष कैद र १ लाख १९ हजार जरिवाना र बैंकिङ कसुर मुद्दामा १ वर्ष कैद र ३० हजार जरिवानासहित पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेका कार्कीले एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमान्ड ड्रफ्ट बनाइदिन्छुलगायत बहानामा ठगी गरेको प्रहरीले जनाएको छ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्