प्रदेश १ मा गत २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ६ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा ८ सय ४१ जनाको पीसीआर परीक्षणमा ३ सय ८३ र ८ सय १० जनाको एन्टिजेन परीक्षणमा ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १ सय ७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा समान ६, भोजपुरमा २, ताप्लेजुङ, संखुवासभा र खोटाङमा समान १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको हो।

मोरङको विराटनगर महानगरपालिकामा १ सय ३५ जनामा संक्रमण भएको छ।

त्यसैगरी, पथरीशनिश्चरे र सुन्दरहरैचामा समान ८, बूढीगंगामा ५, बेलबारी र उर्लाबारीमा समान ४, केराबारीमा ३, रतुवामाई र कटहरीमा समान २, कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा र धनपालथानमा समान १ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयले सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा ५, रामधुनी र दुहवीमा समान ३, देवानगञ्ज र स्थानीय तह नखुलेकामा समान २, गढी, बराहक्षेत्र र कोसी गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

झापाको विर्तामोड र दमकमा समान १३, कनकाईमा ११, भद्रपुरमा ८, अर्जुनधारामा ५, गौरादह र शिवसताक्षीमा समान ४, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाहृदशीमा समान २, मेचीनगरमा १ मा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ, उदयपुरको कटारीमा ७, बेलकामा ३, त्रियुगा र स्थानीय तह नखुलेकामा समान २, चौदण्डीगढीमा १, इलामको इलाम नगरपालिकामा २, माई, मांसेबुङ, सुर्योदय र माई जोगमाईमा समान १, धनकुटाको धनकुटा नगरपालिकामा ६, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको दिप्रुङमा समान १ र प्रदेश १ बाहिरका २२ जना संक्रमित भेटिएका छन्।

अर्कोतर्फ, प्रदेशमा शुक्रबार ३ सय २९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुनेमा १ सय ५१ महिला र १ सय ७८ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। प्रदेश १ मा ७ हजार ४ सय १६ जना सक्रिय संक्रमित छन्।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्