महामारीको समयमा भएको चार्टर्ड उडानको बक्यौता उठाउन ताकेता

फाइल तस्बिर

काठमाडौँ – संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम उठाउने कार्य योजना पेश गर्न निर्देशन दिएको छ।

समितिका सदस्य दिव्यमणि राजभण्डारीको संयोजकत्वमा गठित ‘नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमिति’ले निगमका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलगायतका पदाधिकारीहरुसँग छलफल गरेर निर्देशन दिएको हो।

गत वर्ष माघ १० गतेसम्मको आँकडाअनुसार निगमले स्वदेशी तथा विदेशी विभिन्न संघ संस्थाहरुसँग १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ।

त्यस्तै उपसमितिले कोभिड–१९ महामारीको समयमा चार्टर्ड उडानको बक्यौता उठाउने विषयमा पनि छलफल गरेको छ।

उपसमितिले महामारीको समयमा चार्टर्ड विमान उडानमा भएको अनियमितता छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले पेस गरेको छानविन प्रतिवेदन उपसमिति समक्ष पेस गर्न समेत निर्देशन दिएको छ।

तत्काली पर्यटनमन्त्री योगेश भट्टराईको निर्देशनमा निगमले गत वर्षको महामारीमा ओम्नीको सामान ल्याएको थियो।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्