दाङ–दाङमा सशस्त्र प्रहरीले अवैध हतियार बरामद गरेको छ। नेपाल–भारतको सिमावर्ती क्षेत्रबाट अवैध हतियार भरुवा बन्दुक बरामद गरिएको नेपाल सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट कोइलावासका प्रमुख माधवप्रसाद ढुंगेलले जानकारी दिए।

गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको भालुखोला नजिक लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो। पैदल गस्ती टोलीले रूखको फेदमुनि लुकाइ राखेको अवस्थामा बन्दुक फेला पारेको थियो।

चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग गर्ने उद्देश्यले लुकाई राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्