दाङमा ६४ जना कोरोनामुुक्त, थप ३८ जनामा संक्रमण

दाङ – दाङमा शुक्रबार ६४ जना कोरोना मुुक्त भएका छन्। जसमा तुलसीपुरका ४१, घोराहीका १९ , राप्तीका २, दंगिशरण र जिल्ला बाहिरका १–१ जना गरी आज ६४ जना निको भएका छन् । ३८ जना थपिएसँगै दाङमा सक्रिय बिरामीको संख्या ४ सय ४४ पुगेको छ।

उनीहरुमध्ये ४ सय ६६ जना घरमै, ५ जना आईसीयुुमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैबीच, शुुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । १९ जनाको पिसिआर परिक्षणबाट ५ जना र ६० जनाको एन्टीजेन परिक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तुलसीपुरका १७ जना, घोराही र राप्तीका ७(७ जना, गढवाका ४, दंगीशरणका एक जना र जिल्ला बाहिरका २ जनामा कोरोना देखिएको हो ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्