उपत्यकाबाट हट्यो सार्वजनिक सवारीमा जोरबिजोर, शैक्षिक संस्थाहरु माघभरि बन्द

फाइल तस्बिर
काठमाडौँ-  उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार मध्यरातदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाएका छन् भने विद्यालय तथा कलेजहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश दिएका छन्।
शुक्रबार साँझ बसेको काठमाडौँ उपत्यकाका प्रजिअहरुको बैठकले सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली शुक्रबार मध्यरातदेखि लागू हुने गरी हटाएका हुन्। त्यस्तै, स्कुल तथा कलेजहरु आगामी माघ मसान्तसम्म भर्च्युअल रुपमै सञ्चालन गर्ने निर्णय पनि सिडियोहरुले गरेका हुन्।
फिल्म हल र रात्रिकालीन व्यवसाय पनि माघ मसान्तसम्म सञ्चालन नगर्न प्रजिअहरुले आदेश दिएका छन्।
माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्