उपत्यकाका तीनै प्रशासन कार्यालयले शुक्रबार रातिदेखि लागू हुने गरी ल्याएको आदेशमा के-के छ?

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू गरेका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखसहित बसेको डिसिसिएमसीको बैठकले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी सार्वजानिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ।

त्यस्तै बैठकले विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।

बैठकले सबै प्रकारका आमसभा, सभा, भेला, मेलालगायतका बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आदेश गरेको छ। तर, पूर्वनिर्धारित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको हकमा भने दर्शकविहिन वा सीमित दर्शक राखी सञ्चालन गर्न सकिने निर्णय गरेको छ।

स्वास्थ्य मापदण्ड पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र प्रयोगग गरिएको मास्कलाई बन्द डस्टबिन वा प्लास्टिक झोलामा राखी विसर्जन गर्न पनि अनुरोध गरिएको छ ।

बैठकले व्यापार व्यवसाय सञ्चालनको हकमा भने अग्रपङ्क्ति काउन्टरमा काम गर्नेले हप्ताको २ पटक एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ।

लामो दुरीमा यात्रा गर्ने यात्रुहरुको हकमा भने सकेसम्म एन्टिजेन परीक्षण गराउने, लामो दुरीमा चल्ने सार्वजानिक सवारी साधनले बीच बाटोमा यात्रु नचढाउने गरी यात्रुको विवरण डिसिसिएमसीलाई बुझाउनुपर्ने लगायतको निर्णय बैठकले गरेको छ।

बैठकको विस्तृत निर्णय यस्तो छ:

 


माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्