बेइजिङ ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

बेइजिङ – चीनको सङ्घीय राजधानी बेइजिङमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ।

सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन्। प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ आइपुगेका छन्। तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन्।

प्रतियोगितामा सहभागी हुन आएका सबैको पीसीआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको महामारीका बीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भई फेब्रुअरी २० मा सम्पन्न हुनेछ। -रासस/एएनआई

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्