भारतमा पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको छ।

पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ लाख ३५ हजार ९३९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

भारतमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ छन्। यस्तै पछिल्लो २४ घण्टामा ८७१ जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ।

भारतमा अहिले संक्रमणदर १३ दशमलव ३९ प्रतिशत रहेको छ भने अहिलेसम्म १ अर्ब ६५ करोड ४ लाख ८७ हजार २६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्।

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्