बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन –  बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ।

प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। –राससएएनआई / स्पुतनिक

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्